काठमाडौँ - साताको तेस्रो कारोबार दिन सेयर बजार २५.८८ अंकले बढेर २६६५.८१ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार १५२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख २८१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बृद्धि हुँदा सबै उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा सामान्य वृद्धि हुँदा रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८.८६ प्रतिशतले बढेको छ । त्यसैगरी, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ७.८२ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.३६ प्रतिशत, महुली लघुवित्तको ६.१० प्रतिशतले सेयर मूल्य बढेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड ३२ लाख ४१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको कुमारी बैंकको १३ करोड ८० लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको १२ करोड २८ लाख ४८ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावरको १० करोड ९९ लाख ९५ हजार रुपैयाँ, नेपाल एसबिआइ बैंकको ८ करोड ९३ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया