काठमाडौँ - दिल्लीबाट काठमाडौँ अवतरण गरेको भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेपछि प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गरिरहेका छन् ।
उक्त विमानमा बमको हल्ला भएको जानकारी आएपछि आफू त्यसतर्फ गइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने विमान पार्किङ वेमा रहेकाले उडान–अवतरण नियमित रहेको जनाएको छ ।
प्रतिक्रिया