सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै

बुधबार, ०७ कार्तिक २०८१, ०९ : ३१

काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दैछन्। प्रधानमन्त्री ओलीले बुधबार दिँउसो ३ बजे सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली  गत असार ३० गते चौथोपटक प्रधानमन्त्री बनेका हुन्। गत असार १७ गते नेपाली कांग्रेस र नेकपा ९एमाले०का बीचमा ७ बुँदे सहमति भएर ओली प्रधानमन्त्री बनेका थिए। यसैबीच प्रधानमन्त्री ओलीले सत्तारूढ दलको बैठक बोलाएका छन्।


 

बुधबार, ०७ कार्तिक २०८१, ०९ : ३१

प्रतिक्रिया