काठमाडौं– कुमारी बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ८८ हजार ३५० कित्ता सेयर बिक्रीमा राखेको छ ।
सेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने र म्याद नाघेमा सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया