प्रि ओपन सेसनमा ९ अंकले बढ्यो नेप्से

बुधबार, ०७ कार्तिक २०८१, ११ : ०४

काठमाडौं- प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३९ अंकले बढेको छ ।

मंगलबार करिब २६ अंकले बढेको नेप्से बुधबार प्रि ओपन सेसनमा ९.३९ अंकले बढेर प्रतिशतले बढेर २६७५.२० विन्दुमा पुगेको छ । सेसन अवधिमा १ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको ३५ हजार ७७२ कित्ता शेयर किनबेच भएको छ । उक्त सेसनमा ३३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । यस्तै, तीनवटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सेसन भर ५५ वटा कम्पनी कारोबारमा आउँदा १८० पटक किनबेच भएको छ ।

बुधबार, ०७ कार्तिक २०८१, ११ : ०४

प्रतिक्रिया