साना किसान विकास लघुवित्त सेयर बिक्रीमा

विहीबार, ०८ कार्तिक २०८१, ११ : ४६

काठमाडौँ- साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर लिलाम बिक्रीमा ल्याएको छ ।

लघुवित्तको संस्थापक समूह तर्फको ३४ हजार ८२० कित्ता शेयर आज देखि विक्रीमा आएको छ । फरवार्ड माइक्रोफाइनान्सको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरु सँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । प्रतिकित्ता ५४२ रुपैयाँ मूल्य तोकिएको यी शेयर खरिदका लागि मङ्सिर १२ गते अपराह्न ३ बजेभित्र आवेदन पेस गर्नुपर्नेछ । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अङ्कित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्ने व्यवस्था रहेको छ । आवेदन तोकिएको मितिभित्र कम्पनीको शेयर विक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौँमा पेस गर्नुपर्नेछ ।

विहीबार, ०८ कार्तिक २०८१, ११ : ४६

प्रतिक्रिया