सभापति लामिछाने  र पूर्वडीआईजी छविलाललाई अदालतमा उपस्थित गराइयो

विहीबार, ०८ कार्तिक २०८१, १२ : ०२

काठमाडौं- सहकारी ठगी प्रकरणमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले ६ दिनको हिरासतमा राखेर अनुसन्धान गर्न म्याद (पक्राउ परेको दिनदेखि) दिएकोमा उक्त म्याद सकिएसँगै उनलाई अदालतमा उपस्थित गराइएको हो । उनीसँगै गत असोज ६ गते पक्राउ परेका पूर्वडीआईजी जोशीलाई पनि अदालतमा उपस्थित गराइएको छ । उनलाई पनि बुटवलमा बयानका लागि लगेर पुनस् पोखरा नै फिर्ता गरिएको छ ।

उनीहरुविरुद्ध सुर्यदर्शन सहकारी अपचलन गरेको आरोप रहेको छ ।

विहीबार, ०८ कार्तिक २०८१, १२ : ०२

प्रतिक्रिया