मुक्तिनाथ म्युचुअल फण्ड निष्काशन गर्न बोर्डले दियो स्वीकृती

विहीबार, ०८ कार्तिक २०८१, १२ : ५७

काठमाडौँ - मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष “मुक्तिनाथ म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने योजना “मुक्तिनाथ म्युचुअल फण्ड १” को इकाई जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती प्रदान गरीएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरीसकेको छ । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट कार्तिक ७ गते प्रति इकाई अंकित मूल्य १० रुपैंया दरको १० करोड इकाईले हुन आउने कुल १ अर्ब रुपैंया रकम बराबरको निष्काशन गर्नका लागि स्वीकृती प्रदान गरेको हो । 

कुल योजनाको आकार मध्ये १५ करोड रुपैंया रकम बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको ८५ करोड रुपैंया रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्काशन गरिने छ । १० वर्षको अवधि रहेको उक्त योजना बन्दमुखी योजना रहेको छ । 

इकाईधनीहरुबाट संकलित रकम प्रचलित कानुन अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचिकृत धितोपत्र, निक्षेप, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य उपकरणहरुमा लगानी गर्ने योजना रहेको छ ।

योजना व्यवस्थापकले आफ्ना इकाईधनीहरुलाई दक्ष लगानी सेवाद्वारा उचित प्रतिफल दिनुका साथै व्यवस्थापकको हैसियतबाट सामुहिक लगानी कोष बजारको दिगो विकासमा सघाउ पु¥याउने उद्देश्यले योजना संचालन गर्न लागिएको हो ।

निष्काशन सम्बन्धी अन्य सम्पूर्ण प्रक्रियाहरु सम्पन्न गरी यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने मुक्तिनाथ क्यापिटलले जनाएको छ 

विहीबार, ०८ कार्तिक २०८१, १२ : ५७

प्रतिक्रिया