काठमाडौं - रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले ५७.३९ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ ।
सोही प्रस्ताव पारित गर्न कम्पनीले मंसिर ३ गते एलोफ्ट, काठमाडौंमा दिउँसो २ बजे साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
प्रतिक्रिया