हकप्रद बिक्रीका लागि लिवर्टी इनर्जीले तोक्यो बुक क्लोज

शुक्रबार, ०९ कार्तिक २०८१, १२ : १७

काठमडौँ - लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ  । 

कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने कात्तिक २० गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

 
 

शुक्रबार, ०९ कार्तिक २०८१, १२ : १७

प्रतिक्रिया