काठमाडौँ - विश्व नेपाली साहित्य महासङ्घले कार्तिक १० र ११ गते काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा विश्वका विभिन्न देशका साहित्यिक व्यक्तिहरूको सहभागिता रहने महासंघले जनाएको छ । सम्मेलनका क्रममा वर्षको उत्कृष्ट कविता तर्फ प्रथम किशन पौडेललाई रु १५ हजार र प्रमाणपत्र, द्वितीय हुने समीप बैरागीलाई रु १० हजार र प्रमाणपत्र र तेस्रो हुने भारती न्यौपानेलाई रु ५ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
त्यस्तै नेपालसहित विभिन्न देशका ८ स्रष्टालाई साहित्यदूत सम्मान गरिने आयोजकले जनाएको छ । सम्मेलनका क्रममा समसामयिक साहित्यबारे छलफल हुनाका साथै महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने तथा केही कृति विमोचन गरिने बताइएको छ ।
प्रतिक्रिया