नेप्से सातामा ४.३१ प्रतिशतले घट्यो, लगानीकर्ता किन हुँदै छन् बजारप्रति निराश ?

शनिबार, १० कार्तिक २०८१, ०८ : १३

काठमाडाैँ- यो सातामा आइपुग्दा लगानीकर्ता पर्ख र हेरको अबस्थामा आइपुगेका छन् । बजारमा आइरहेको तिब्र उत्तारचढाबले लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा पुगेका हुन् ।

यो साता नेप्से परिसूचकले २ हजार ७४८ दशमलव ७८ अंकमा पुगेर र २ हजार ६१४ दशमलव ६५ बिन्दुमा झरेर १३४ दशमलव १३ अंकको अस्थिरता देखाएको छ । अघिल्लो साता परिसूचकले ११३.१५ अंकको अस्थिरता देखाएको थियो । यो साता औसत कारोबार अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साता १५ अर्ब ९१ करोडको कारोबार भएको थियो भने यो साता २९ अर्ब ९५ करोडको कारोबार भएको थियो । औसत कारोबार यो सातामा आइपुग्दा ५ अर्बको रहेको छ । घट्दो बजारले यो साता लगानीकर्ताहरूको सम्पत्तिमा ४.३१ प्रतिशतले गिरावट आएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार अघिल्लो साता ४३ खर्ब ६५ अर्ब रहेको बजार पुँजीकरण यो सातामा आइपुग्दा ४१ खर्ब ७७ अर्बमा झरेको हो । यो सातामा आइपुग्दा कारोबारमा आएका १३ वटै समूहको सूचक घटेका छन् । सर्वाधिक घट्ने समूहमा जीवन बीमा समूह रहेको छ ।  यो समूहको सातामा वाणिज्य बैंक समूहको सूचक ५।७२ प्रतिशतले घटेको छ । यसै साता आएको बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणलाई लिएर बैंकमा लगानी गरेका लगानीकर्ताहरू सन्तुष्ट हुन सकेका छैनन् ।

सर्वाधिक नाफा कमाउने कम्पनी यो साता पिपुल्स पावर कम्पनी रहेको छ । कम्पनीले साता १९.२५ प्रतिशतले नाफा आर्जन गरेको हो । अघिल्लो साता बजार बन्दहुँदासम्म कम्पनीको प्रतिशेयर मूल्य ४२६ रूपैयाँ रहेको थियो । अहिले यो सातामा आइपुग्दा ५०८ रूपैयाँले वृद्धि भएको हो । त्यस्तै यो सातामा सर्वाधिक घट्ने कम्पनीमा इष्ट्रन हाइड्रोपावर कम्पनीको १५.७१ प्रतिशतले घटेको छ । यस अघि कम्पनीका प्रतिशेयर मूल्य ९७३ रहेको थियो भने यो सातामा आइपुग्दा ८२० रूपैयाँ प्रतिशेयरमा झरेको हो ।

शनिबार, १० कार्तिक २०८१, ०८ : १३

प्रतिक्रिया