ट्राफिक प्रहरीले गर्यो तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

आइतबार, ११ कार्तिक २०८१, ०८ : १९

काठमाडौं– आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा ट्राफिक प्रहरीले ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसैगरी, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए ।

आइतबार, ११ कार्तिक २०८१, ०८ : १९

प्रतिक्रिया