प्रि ओपन सेसनमा बढ्यो नेप्से

आइतबार, ११ कार्तिक २०८१, ११ : १२

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० साढे २ अङ्कले बढेको छ । योसँगै नेप्से २६२९.८३ अङ्कको विन्दुमा पुगेको छ ।

सेसन अवधिमा ५२ लाख ३५ हजार ९३१ रुपैयाँ बराबरको ७ हजार २४४ कित्ता शेयर किनबेच भएको छ । सो सयमा २४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य स्थिर हरेको छ ।

सेसनभर ४५ वटा कम्पनी कारोबारमा आउँदा ८७ पटक शेयर किनबेच भएको छ ।
 

आइतबार, ११ कार्तिक २०८१, ११ : १२

प्रतिक्रिया