आईजीआई प्रुडेन्सियलको ५ हजार कित्ता शेयर बिक्रीमा

आइतबार, ११ कार्तिक २०८१, ११ : ५३

काठमाडौँ - आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ । 

उक्त शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ निर्धारण गरिएको छ । सो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरू मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाई नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

साथै उक्त म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधरणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

आइतबार, ११ कार्तिक २०८१, ११ : ५३

प्रतिक्रिया