काठमाडौं - साताको पहिलो कारोबार दिन सेयर बजार ९.१९ अंकले घटेर २६१७.९५ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा पाँच उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा पनि लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल रिभर्रस फल्स पावर, माइखोला हाइड्रोपावर र सम्वृद्धि फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी आइसीएफसी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ६४ लाख ८५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल एसबिआई बैंकको २१ करोड ६२ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन सिइडिबी हाइड्रोपावरको १८ करोड ८६ लाख ७७ हजार रुपैयाँ, नेपाल फाइनान्सको २४ करोड ५५ लाख २४ हजार रुपैयाँ, सम्वृद्धि फाइनान्सको १९ करोड ७ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया