काठमाडौँ - फिल्म ‘जेरी अन टप’को ललितपुर पाटन स्थित बङ्गलामुखी मन्दिरमा सोमबार शुभ मुहूर्त गरिएको छ।
फिल्मको प्रमुख कलाकारमा भुवन केसी, बिपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, केदार घिमिरे, निर्मल शर्मा रहेका छन् ।
यस फिल्ममा भुवन अनमोलको बुवाकै भूमिकामा देखिँदैछन् छन् भने विपना थापा आमाको भूमिका निर्वाह गर्दै छिन्। सन् २००६ मा रिलिज भएको ‘मानिस’ पछि भुवन र विपना एकसाथ सहकार्य गर्न लागेका हुन्।
सुयोग गुरुङको निर्देशनमा बन्ने यो फिल्म काठमाडौँसहित लुक्ला र भारतको लद्दाखमा हुने फिल्मको छायांकन सेड्युल ५० दिनको रहेको छ।
प्रतिक्रिया