७ दिन भित्र स्पष्टीकरण पेश नगरे १७ निर्माण कम्पनीलाई कालोसूचीमा राखिने

सोमबार, १२ कार्तिक २०८१, १३ : ३६

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको  जनाएको छ । यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि आग्रह गरेको छ । 

यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । तर, सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो । यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।

news_qwczeujpvhf

सोमबार, १२ कार्तिक २०८१, १३ : ३६

प्रतिक्रिया