काठमाडौँ - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।
यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ७९ लाख ८८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सम्वृद्धि फाइनान्सको २४ करोड ७६ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) को १९ करोड ८३ लाख १९ हजार रुपैयाँ, जानकी फाइनान्सको १६ करोड ६४ लाख ८१ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावरको १५ करोड ९९ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो ।


यस दिन बजारमा बढोत्तरी आउँदा जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया