काठमाडौँ - समता घरेलु लघुवित्तको एफपिओमा पहिलो दिनमै ४१ करोड ९० लाख ७५ हजार रुपैयाँको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको एफपीओमा आज साँझ सम्ममा २ लाख ६० हजार ४५४ जना आवेदकले ४१ लाख ९० हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ११।९४ गुणाले बढी आवेदन हो ।
कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणको सेयर हिस्सा चुक्तापूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ निश्कासन गरेको हो ।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४।२५ कित्ता शेयर निष्काशन गरेको हो।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया