काठमाडौँ- दुई लघुवित्त कम्पनीहरूले संस्थापक शेयर विक्रीमा ल्याएका छन् ।
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ हजार १५९ कित्ता र फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ हजार ३०१ कित्ता गरी ९५ हजार ४६० कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको हो । यी शेयर खरिदका लागि अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
नेरुडे मिर्मिरे लघुवित्तको शेयर खरिदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलान्चोकमा र फस्र्ट माइक्रोफाइनान्सको शेयर खरिदका लागि कात्तिक २७ गतेभित्र शेयर विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायण चौर, नक्साल, काठमाडौँमा आवेदन पेश गर्नुपर्नेछ ।
फस्र्ट माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ भने तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । नेरुडे मिर्मिरे लघुवित्तको शेयरको मूल्य भने तोकिएको छैन ।
प्रतिक्रिया