भोलि बस्दै अरुण भ्याली हाइड्रोपावर साधारणसभा

मंगलबार, १३ कार्तिक २०८१, १३ : १९

काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सत्ताइसौं वार्षिक साधारणसभा भोलि बस्दैछ । 

सभा गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे शुरू हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ०।१५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

त्यस्तै ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि समावेश गरिएका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसका आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

मंगलबार, १३ कार्तिक २०८१, १३ : १९

प्रतिक्रिया