काठमाडौं - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अंकले बढेर २६९२.०५ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा बढोत्तरी आउँदा सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी सम्वृद्धि फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २४ करोड ७१ लाख ५९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख २२ हजार रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ८५ लाख ८३ हजार रुपैयाँ, सहास उर्जा लिमिटेडको १२ करोड १८ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया