नेपाली इतिहासमै सबैभन्दा ठूलो बजेटमा निर्माण म्युजिक भिडियो

मंगलबार, १३ कार्तिक २०८१, १६ : ०५

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मालती’ बोलको गीतमा सुरज विक्रम थापा र डीवी यो म्याजेस्टीको शब्द तथा संगीत छ । गीतमा स्वर ममता गुरुङ, बुलेट फ्लो र डीवी यो म्याजेस्टीको छ । सञ्जय न्यौपानेले निर्देशन गरेको भिडियोमा साम्राज्ञीसँगै विशाल खरेलको अभिनय छ । 

एक साता लगाएर छायांकन गरिएको भिडियोमा थाइल्यान्डका मोडलहरूलाई कोरसको रूपमा प्रयोग गरिएको छ । भिडियो थाइल्यान्डमा खिचिएको हो ।

नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठूलो बजेटमा भिडियो निर्माण भएको निर्माणपक्षले जनाएको छ । भिडियोमा लगानी ६० लाख रहेको निर्माणपक्षको दाबी छ । 

सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन् । 

मंगलबार, १३ कार्तिक २०८१, १६ : ०५

प्रतिक्रिया