स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

मंगलबार, १३ कार्तिक २०८१, १७ : ४५

काठमाडौँ - स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठके यो वर्ष ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।


 

मंगलबार, १३ कार्तिक २०८१, १७ : ४५

प्रतिक्रिया