यी राशीलाई हुन सक्छ आर्थिक व्यापारमा लाभ?

बुधबार, १४ कार्तिक २०८१, ०७ : १८

काठमाडाैँ- आज वि.सं.२०८१ साल कात्तिक महिनाको १४ गते बुधबार, कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि । आजबाट शुभदीपावली अर्थात तिहार आरम्भ । 

मेष 
 विगतका घटनाक्रमहरु प्रति आफ्नो मनमा पश्चातापका क्रम आउने छ । परिवारमा अशान्तिको वातावरण र झैझगडा हुने छ । पेशागत जीवन मध्यम खालको हुने छ भने आर्थिक सन्तुलन भने कायम हुन कठिन हुन जाने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् । 

वृष 
पेशागत जीवनमा सफलता हात पर्ने छ । आर्थिक लाभ पनि प्राप्त हुन जाने छ । परिवारमा सदस्यहरु बीच भने तनावको वातावरण आउने छ । यात्रामा कठिनाई भोग्नु पर्ने देखिन्छ । शेयर बजारमा लाभ मिल्ने छ । 

मिथुन 
 पेशागत जीवन औसत खालको हुने छ । आर्थिक अवस्था पनि औसत रुपमा अघि बढ्ने छ । धार्मिक गतिबिधीमा संलग्न हुन मन लाग्ने छ । पारीवारिक भेटघाट हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।


कर्कट
सामाजिक काममा सहभागि हुने र समाजबाट पनि सम्मान प्राप्त हुने छ । पेशागत जीवन सकारात्मक रुपमा नै अघि बढ्ने छ । मित्रहरुको सहयोगले नयाँ काम थालनी गर्ने योग छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

सिंह

पेशागत जीवनमा अड्चनहरु उत्पन्न हुने र तनावको वातावरण आउने छ । पैतृक सम्पत्तिको विषयलाई लिएर परिवारमा तनाव आउने छ । शेयर बजारबाट लाभ हुने छैन् ।

कन्या
निरनतरको नराम्रा सपनाका कारण दिनमा पनि तनाव उत्पन्न हुने छ । मनमा उदासिनता धेरै आउने छ । पेशा प्रतिको दृढतामा थोरै कमि आउने छ । यात्रामा निस्कनु पर्ने छ । शेयर बजारबाट आँशिक फाइदा मिल्ने छ । 

तुला
अरुको नजरमा घमण्डि खालको व्यक्तित्व हुने भएकाले यस विषयमा सचेत रही नरम रहँदा राम्रो हुने छ । पेशागत क्षेत्रमा लाभ मिल्ने छ । आर्थिक फाइदा पनि मिल्ने छ । नउठेको रकम उठ्ने छ । शेयर बजारमा फाइदा मिल्ने छ । 

वृश्चिक
साथिभाइको सहयोगले नयाँ सम्भावनाका क्षेत्रमा हात हाल्ने अवसर मिल्ने छ र यो सकारात्मक पनि बन्ने छ । आर्थिक लाभ धेरै नभए पनि केही सकारात्मक अवस्था रहने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने छ ।

धनु 
आफनाले नै विश्वासघात हुने चुनौति छ । पेशागत जीवनमा बढि बादबिबाद हुने र कारवाहीको चुनौति छ सचेत रहनु होला । जीवनसाथिका बीचमा पनि अनावश्यक बादबिबादपूर्ण वातावरण हुने छ ।  यात्रामा कठिनाई हुने छ । 

मकर 
यात्रा गर्नुपर्ने हुन्छ । शैक्षिक क्षेत्रमा उन्नति हुने छ । बौद्धिकस्तरको व्यक्तित्वको छवि हुने छ । पेशागत जीवन औसत खालको रहने छ भने आर्थिक क्षेत्र पनि औसत नै हुने छ । प्रेममा सफलता हुने छ ।  शेयर बजारबाट फाइदा हुने छ । 

कुम्भ 
उत्साह र उमङ्गको लहर मनमा रहने छ । बोलीको प्रभाव बृद्धि हुने हुँदा अरुले छिट्टै विश्वास गर्ने छन् । यात्रामा भने केही असहजता भोग्नु पर्ने छ । आर्थिक सन्तुलन भने कायम रहने छ । शेयर बजारबाट भने लाभ मिल्ने छैन् ।

मीन
आशावादी सोच हुने छ । मेहनत गर्ने विषयमा लगाव बढ्ने छ तर परिणामहरु भने तत्काल देखिन ढिलाई हुने छ । पेशागत जीवन मध्यम खालको बन्ने छ ।

बुधबार, १४ कार्तिक २०८१, ०७ : १८

प्रतिक्रिया