हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगको बक्यौता किस्ताबन्दीमा तिर्न तयार

बुधबार, १४ कार्तिक २०८१, ०७ : २७

काठमाडाैं- सरकारी स्वामित्वका हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका छन् ।

हेटौडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको छ ।

 

बुधबार, १४ कार्तिक २०८१, ०७ : २७

प्रतिक्रिया