चर्चित जासुसी शो सीआईडीको पुनरागमन हुँदै

बुधबार, १४ कार्तिक २०८१, १२ : ३५

काठमाडौँ- नयाँ दिल्ली भारतीय टिभी उद्योगको चर्चित जासुसी शो सीआईडीको पुनरागमन हुँदैछ । यो शोले विगत २० वर्षदेखि दर्शकको मन जित्दै आइरहेको छ । ६ वर्षपछि शो नयाँ सिजनका साथ फर्किदैंछ ।

नयाँ सिजनको सुटिङ नोभेम्बर १२ बाट मुम्बईमा सुरु हुँदैछ । । यसपटक टिमले मुम्बईका विभिन्न ठाउँमा सुटिङ गर्नेछ । च्यानलले पहिलो एपिसोड डिसेम्बरको मध्यमा प्रसारण गर्ने निर्णय गरेको छ । यस सिजनमा करिब ६० एपिसोड बनाइनेछ । यी एपिसोडहरू प्रत्येक हप्ता दुई पटक सप्ताहान्तमा शनिवार र आइतबार प्रसारण हुनेछन् । टोलीले मुम्बईका खास ठाउँ, पार्क र बजारमा सुटिङ गर्नेछ । यस पटक शोमा नयाँ पात्र, नयाँ कथा र रोचक ट्विस्ट देखाइनेछ  । निर्माता दर्शकलाई दोब्बर मनोरञ्जन दिन चाहन्छन् ।


नयाँ सिजनको कथामा, अभिजित ९आदित्य श्रीवास्तव० र दया ९दयानन्द शेट्टी० एकअर्काका कट्टर दुश्मन बनेका छन् । नयाँ प्रोमो अनुसार उनीहरुबिचको सम्बन्ध बिग्रिएको छ । सीआइडीको जग नै हल्लिएको छ । एसीपी प्रद्युम्न ९शिवाजी साटम० को संसार पूरै फेरिएको छ । सीआईडी सोनी टिभीमा सन् १९९८ मा सुरु भएको थियो । सन् २०१८ सम्म यो शो निरन्तर चल्यो ।

बुधबार, १४ कार्तिक २०८१, १२ : ३५

प्रतिक्रिया