साधारण सभापछि लाभांश वितरण गर्दै नबिल बैंक

बुधबार, १४ कार्तिक २०८१, १५ : १८

काठमाडौं– नबिल बैंक लिमिटेडले २०८०–८१ नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले गत वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार बैंकले  १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।


उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।आर्थिक वर्ष २०७९–८० मा भने यस बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बुधबार, १४ कार्तिक २०८१, १५ : १८

प्रतिक्रिया