काठमाडौं- दुई दिन लगातार बढेको सेयर बजारमा आज गिरावट आएको छ । उक्त दिन बजार १४.४३ अंकले घटेर २६७७.६२ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा दश वटा उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा पनि गुराँस लघुवित्त, मिडसोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
यस दिन सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड १७ लाख ९७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोड ५ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सोल्टी होटलको २० करोड ९८ लाख २६ हजार रुपैयाँ, नेपाल फाइनान्सको १६ करोड ७७ लाख ३५ हजार रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकको १५ करोड ७८ लाख ६९ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया