काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमले एक करोड सहयोग गरेको छ । नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त बाढी, पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध र पैसा त्रियासी जम्मा गरिएको नेपाल टेलिकमले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरु समेतको उपस्थितिमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरेको स्रोतले बतायो ।
प्रतिक्रिया