युनिलिभर नेपालको नगद लाभांश बैंक खातामा जम्मा

शुक्रबार, १६ कार्तिक २०८१, १६ : ४६

काठमाडौं - युनिलिभर नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ ।

कात्तिक १२ गते साधारण सभा सम्पन्न गरेको यस कम्पनीले कात्तिक १२ गतेबाट नै लाभांश खातामा पठाउन सुरु गरेको हो । कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा १७१४ प्रतिशत नगद लाभांश ९कर सहित० जम्मा गरेको जनाएको छ । 

कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ ।
 

शुक्रबार, १६ कार्तिक २०८१, १६ : ४६

प्रतिक्रिया