मन्दाकिनी हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश बितरण गर्दै

सोमबार, १९ कार्तिक २०८१, १० : ५४

काठमाडौं– मन्दाकिनी हाइड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न मंसिर ७ गते साधारण सभा गर्ने भएको छ । साधारण सभा नेपाली चुलो, लाजिम्पाट काठमाडौंमा बिहान ८ बजेदेखि सुरु हुनेछ । साधारण सभामा कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

यस्तै, बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीबाट १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि यसले कात्तिक २८ गते बुक क्लोज गर्दैछ । तसर्थ, कात्तिक २७ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । 

सोमबार, १९ कार्तिक २०८१, १० : ५४

प्रतिक्रिया