नेप्सेमा सूचीकृत दुई होटलहरुले गरे लाभांश घोषणा

सोमबार, १९ कार्तिक २०८१, १७ : ४९

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कूल ६ वटा होटलहरुमध्ये  सोल्टी होटल लिमिटेड र ओरिन्टियल होटल लिमिटेडले  आर्थिक वर्ष २०८०–८१ को लाभांश वितरणको घोषणा गरेका छन् । 

सोल्टी होटल लिमिटेडले नगदसहित ३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । सोल्टी होटलले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट शेयरधनीहरुमा १० प्रतिशत बोनस शेयरसहित २६.४२१ नगद गरी कूल ३६.८४२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

होटल समूहकै ओरिन्टियल होटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । ओरेन्टलले ५ प्रतिशत बोनस शेयरसहित कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

सोमबार, १९ कार्तिक २०८१, १७ : ४९

प्रतिक्रिया