काठमाडौँ - अकामा होटेल लिमिटेडको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा आगामी मंसिर १४ गते काठमाण्डौको धुम्बाराहीमा रहेको कम्पनीको रजिस्ट्रार कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने छ
।
त्यस्तै आव २०८०\८१ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, त्यससम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने र आव २०८१\८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारीश्रमीक निर्धारण गर्ने प्रस्ताव पारित गरिने छ।
कम्पनीको गत फागुन २४ गते बसेको विशेष साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो।
प्रतिक्रिया