काठमाडौँ– गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ। प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार पारेका हुन्।
गीतमा एउटी नारीले प्रेम विश्वासमा पाएको घात र त्यसपछि नेपाली समाजले गर्ने कटुतापूर्ण व्यवहार चित्रण गर्न खोजिएको श्रेष्ठले बताए। गीतमा शब्द र सङ्गीत श्रेष्ठकै रहेको छ। ‘नेपाली समाजमा महिलामाथि गरिने व्यवहार अझै फरक छ। फरक व्यवहार भयो भन्दैमा समस्याबाट भाग्नु हुँदैन। डटेर सामना गर्नुपर्छ भन्ने सन्देश गीतले दिन खोजेको छ,’ उनले भने। अमेरिका बसोबास गर्दै आएका श्रेष्ठले नेपाली गीत र संगीतलाई अगाध प्रेम गर्दै आएका छन्।
गीतमा स्मारिका ढकाल, मुकुन्द भट्ट र रिता सिवाकोटीको मुख्य अभिनय रहेको छ। म्युजिक भिडियोमा काठमाडौँ उपत्यकाका रमणीय र पर्यटकीय स्थल कैद गरिएका छन्। ढकाल र भट्ट पछिल्लो पुस्ताका चलेका मोडल हुन्।
गीतलाई प्रवीण थापाले निर्देशन गरेका छन्। गीतमा कृष्ण बजुरालीको एरेन्ज, महेश महेराको छायांकन, अमृत चापागाईँको सम्पादन र रङ संयोजन रहेको छ। गीतको सहायक निर्देशन अमृत भट्टराईले गरेका छन्।
प्रतिक्रिया