सेयर बजारमा झिनो अंकको गिरावट

मंगलबार, २० कार्तिक २०८१, १५ : १०

काठमाडौँ - तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सात वटा उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा पनि सुपर माइ हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, समाज लघुवित्तको ९.९५ प्रतिशत, यूनाइटेड मोदी हाइड्रोपावरको ९.५१ प्रतिशत, गुराँस लघुवित्तको, ९.३२ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ८.७५ प्रतिशतले सेयरमूल्य बढेको छ ।

सेयर बजारमा सामान्य गिरावट आउँदा उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २९ करोड ९० लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सानिमा जिआइसी इन्स्योरेन्सको १६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख ९ हजार रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख २२ हजार रुपैयाँ, सम्वृद्धि फाइनान्सको ११ करोड ६० लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार, २० कार्तिक २०८१, १५ : १०

प्रतिक्रिया