समता घरेलु लघुवित्तको एफपिओमा अन्तिम दिनसम्म ६० गुणा बढी आवेदन

मंगलबार, २० कार्तिक २०८१, १७ : २२

काठमाडौँ - समता घरेलु लघुवित्तको एफपिओमा अन्तिम दिन अर्थात् कात्तिक २० गतेसम्म २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ । 

सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा १४ लाख ३२ हजार ४२० जनाले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ६०।७२ गुणाले बढी आवेदन हो ।

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५ हकप्रद शेयर बिक्री खुला गरेको थियो । साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पूँजी पुर्याउन हकप्रद निष्काशन गरेको थियो ।
 

मंगलबार, २० कार्तिक २०८१, १७ : २२

प्रतिक्रिया