तिहारमा ५० करोड रुपैयाँ बराबरको फूल बिक्री

बुधबार, २१ कार्तिक २०८१, १० : ०२

काठमाडौँ- यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूल बिक्री भएको छ भने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ।

 गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसनले बताएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय रुपैयाँ तिर्नुपरेको थियो। 

यस वर्ष काठमाडौँ महानगरपालिकाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो। फूल बिक्री स्थल तोकेका कारण यस वर्ष फूल किन्न र बेच्न सहज भएको उपभोक्ता तथा व्यापारीले बताएका छन् ।  

विशेष गरी तिहारको समयमा बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ।
तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । 

बुधबार, २१ कार्तिक २०८१, १० : ०२

प्रतिक्रिया