काठमाडौँ- गुल्मीमा १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएका छन् । जिल्ला हुलाक कार्यालय गुल्मीको मातहतमा रहेका ६१ वटा अतिरिक्त हुलाक कार्यालयमध्ये १३ वटा खारेज भएका हुन् ।
नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली, २०८० कार्यान्वयनमा ल्याएसँगै सो सङ्ख्यामा जिल्लाका अतिरिक्त हुलाक कार्यालय खारेज गरिएको स्रोतले जनाएको छ । जिल्लाका म्यालपोखरी, दरबार देवीस्थान, जुभुङ, मर्भुङ, दर्लिङ, पौँदी अमराई, खड्गकोट, जोहाङ, हर्दिनेटा, हुँगा, ग्वादी, अर्लाङकोट र अर्खले गरी १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन् ।
जिल्ला हुलाक कार्यालयको मातहतमा विभिन्न स्थानमा ११ वटा हुलाक कार्यालय र ४८ वटा अतिरिक्त हुलाक कार्यालय छन् । गत आव २०८०र८१ मा यस जिल्लामा सबैभन्दा धेरै हुलाक वस्तुको आयात गरिएको छ । विभिन्न जिल्लाबाट ५१ हजार ४१७ र विदेशबाट दुई हजार ३०३ हुलाक वस्तु आयात भएको हुलाक कार्यालयले जनाएको छ ।
प्रतिक्रिया