काठमाडौं- आज कात्तिक २१ गते बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । उक्त दिन बजार १.८८ अंकले घटेर २६७५.५१ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा पाँच वटा उपसूचक मात्र हरियाली भएको छ । यस दिन बजारमा गिरावट आउँदा पनि नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
यस दिन सम्वृद्धि फाइनान्सको २३ करोड ७५ लाख १४ हजार रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १९ करोड ७३ लाख ४० हजार रुपैयाँ, नेपाल एसबिआइ बैंक ऋणपत्र २०८९ को १५ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया