काठमाडौँ - प्रभु हेलिकप्टर लिमिटेडले प्रिमियम मूल्यमा सेयर बिक्री तथा निष्कासन खुला गरेको छ ।
१०० अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम मूल्य थपेर १५० रुपियाँमा सेयर निष्कासन खुला गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कम्पनी सञ्चालक समितिसमक्ष निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र निवेदन पेश नभएमा अन्य लगानीकर्तालाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया