मिथिला लघुवित्तको संस्थापक शेयर बिक्री, न्यूनतम मूल्य कति ?

विहीबार, २२ कार्तिक २०८१, ११ : ४७

काठमाडौँ - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले  संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्रीमा  राखेको छ ।

उक्त संस्थापक शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ।

शेयर खरिद इच्छुक विद्यमान संस्थापक शेयर धनीलाई प्राथमिकता दिने गरी जो कोही व्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी मङ्सिर ५ गते भित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
 

विहीबार, २२ कार्तिक २०८१, ११ : ४७

प्रतिक्रिया