काठमाडौं - ललितपुरको पाटनमा कार्तिक नाच सुरू भएको छ। यो नाच वि.स. १६९७ मल्लराजा सिद्धिनरसिंहले सुरू गरेको हुन् ।
कात्तिक शुक्ल प्रतिपदादेखि सुरू हुने यो नाच १२ दिनसम्म प्रदर्शन गरिन्छ । यो नाच ललितपुरको पाटन दरबारस्थित डबलीमा प्रत्येक वर्षको कार्तिक महिनामा आयोजना हुन्छ । देशमा शान्ति, सबैको समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरू गरिन्छ।
साँझपखदेखि सुरू हुने नाच हेर्न कात्तिक डबलीमा युवादेखि पाका पुस्तासम्म झुम्मिन्छन् । दरबार अवलोकनमा आएका विदेशी पर्यटक पनि नाच हेर्न अडिने गरेका छन् ।
प्रतिक्रिया