काठमाडौँ - संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी सेयर बजारमा उत्साह छाएको छ ।
ट्रम्पको पुन आगमनसँगै अमेरिकाको प्रमुख स्टक न्यूयोर्क स्टक एक्सचेन्जको प्रमुख NYSE Composite परिसूचक १।७८ प्रतिशतको वृद्धि देखिएको छ । उक्त इन्डेस एकै दिन ३६४। २२ अङ्कले बढेर १९८२८ विन्दुमा पुगेर बन्द भएको हो।
त्यस्तै, आज Dow Jones Industrial Average परिसूचक १५०८.०५ अङ्कले अर्थात् ३.५७ प्रतिशतले बढेको छ । अर्को परिसूचकNyse U.S 100 Index ३७३.३६८६ अङ्कले अर्थात् २.२५ प्रतिशतले बढेको छ । S&P ५०० Index पनि २.५३ प्रतिशतले उकालो लागेको छ भने NYSE Fang+TM Index मा २.६० प्रतिशत बढेर बन्द भएको छ।
प्रतिक्रिया