हकप्रद सेयर बापतको रकम समयमै जम्मा गर्न लिवर्टी इनर्जीको आग्रह

शुक्रबार, २३ कार्तिक २०८१, ११ : १४

काठमाडौँ - लिवर्टी इनर्जीले आफ्ना सेयरधनीहरूलाई आफ्ना हकमा पर्न आएका हकप्रद सेयरको रकम चाँडो बुझाउन आग्रह गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति दिइसकेको छ, जसको अंकित मूल्य १ सय रुपैयाँ पर्नेछ। यसरी जारी हुने सेयरको कुल रकम ७५ करोड रुपैयाँ बराबर हुनेछ।

कम्पनीले कात्तिक २९ गते भित्र हकप्रद सेयरको रकम बुझाउन आग्रह गरेको छ। विशेष गरी, सञ्चालक र १ प्रतिशत वा त्यस भन्दा बढी सेयरधारकहरूले आफ्नो स्वामित्वमा आउने हकप्रद सेयरको रकम कम्पनीमा जम्मा गर्नुपर्नेछ। 

यदि कुनै सेयरधनीले तोकिएको म्यादसम्म रकम बुझाउँदैन भने, कम्पनीले नियमानुसारको प्रक्रिया अघि बढाउने जानकारी दिएको छ।

शुक्रबार, २३ कार्तिक २०८१, ११ : १४

प्रतिक्रिया