काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४० हजार ४५१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले नकिनेपछि सर्वसधारण व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर गत असोज ७ गते ३५ दिने सूचना जारी गरेको थियो ।
इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया