समता घरेलु लघुवित्तको एफपिओ भर्ने झण्डै १४ लाखको हात खाली हुने

शुक्रबार, २३ कार्तिक २०८१, १३ : ४३

काठमाडौँ - समता घरेलु लघुवित्तको एफपिओमा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको एफपीओमा कात्तिक २० गते अन्तिम दिन साँझ सम्ममा १४ लाख ३२ हजार ४२० जना आवेदकले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ६०।७२ गुणाले बढी आवेदन हो । यस अनुसार कमपनीको एफपीओ भर्ने १३ लाख ९७ हजार ३३० जनाको हात खाली हुने भएको छ ।

लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४।२५ कित्ता शेयर निष्काशन गरेको हो । 

शुक्रबार, २३ कार्तिक २०८१, १३ : ४३

प्रतिक्रिया