आइपीओ जारी गर्दै बुढानिलकण्ठ हेरिटेज होटल

शुक्रबार, २३ कार्तिक २०८१, १४ : ०३

काठमाडौँ - बुढानिलकण्ठ हेरिटेज होटल लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित मंसिर १४ गते वार्षिक साधारण सभा बोलाएको  छ । 

सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालयमा अपरान्ह ४ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, हाल कायम सेयरधनीलाई ८५ करोड रुपैयाँ चुक्ता पुँजीमा २९.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
 

शुक्रबार, २३ कार्तिक २०८१, १४ : ०३

प्रतिक्रिया