हवाई भाडामा अस्वाभाविक वृद्धि, वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा

शुक्रबार, २३ कार्तिक २०८१, १६ : ४४

काठमाडौं- नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जोन श्रमिकहरु हवाई भाडामा अस्वाभाविक वृद्धि भएसँगै मारमा परेका छन्। अस्वाभाविक हवाई कम्पनीको भाडा वृद्धिले खाडी तथा मध्यपूर्वका देशमा जाने श्रमिकहरु थप आर्थिक भारले मारमा परेका हुन्। 

त्रिभुवन विमानस्थलले धावन मार्ग निर्माणका लागि दैनिक १० घण्टा बन्द गर्न लागेपछि विदेशी वायुसेवा कम्पनीले हवाई उडानमा कटौती गरेका छन्। दैनिकजसो करिब १५०० नेपाली श्रमिकहरु वैदेशिक रोजगारीका लागि बाहिरिने गर्दछन्। 

यस अघि खाडी तथा मध्यपूर्व उडानका लागि हवाई कम्पनीले ३० देखि ३५ हजारमा टिकट उपलब्ध गराउँदै आएका थिए। तर पछिल्लो समय विमानस्थल निर्माणका कारणले विदेशी हवाइ कम्पनीको उडानमा कमी आउँदा अहिले यो भाडादर ७० देखि ९० हजारसम्म पुगेको छ।

काठमाडौंदेखि दिल्लीसम्मको अवाई भाडा १० देखि १५ हजार रहेकोमा अहिल बढेर ४० हजार पुगेको छ भने दुबई साविकको ३०-३५ हजारको भाडादर वृद्धि भएर ८० हजार पुगेको छ । 

त्यस्तै साउदी अरबको भाडादर यस अघि ४० देखि ४५ हजारमात्रै रहेकोमा अहिले बढेर ८० हजार पुगेको छ भने मलेसियाको ३५ हजार रहेको भाडा बढेर ६५ हजार पुगेको छ।

यस्तै कुवेतको पहिलेको भाडादर ४५ हजार रहेकोमा १ लाख पुगेको छ भने कतार ३५-४० भाडादर रहेकोमा अहिले ८० हजार पुगेको छ।

शुक्रबार, २३ कार्तिक २०८१, १६ : ४४

प्रतिक्रिया